स्वास्नी रिसाइ भने डाडु पनिउँको झटारो फाल्छे भन्ने उखान हुन्छ हाम्रो गाउँघरमा । धन्य हामी भाग्यमानी रहेछौँ र केवल डाडु पनिउँको चोट मात्र भोग्नुपर्ने रहेछ ।

कोलम्बियामा एक जना महिलाले रिसको झोँकमा आफ्नो लोग्नेको लिंगमा तातो उम्लिएको पानी खन्याइदिएकी छिन् । लोग्ने सुतेको मौका पारी ती महिलाले उसको लिंगमा तातो पानी खन्याइदिएकी हुन् । लोग्नेले आफ्नो आँखा छलेर अर्कै केटीसँग मस्ती गरिरहेको गाइँगुइँ सुनेकी ती महिलाले सोही रिसको झोँकमा लोग्नेलाई बराल्ने उसको लिंगमाथि रिस पोखिन् । न्युयोर्क डेलीमा छापिएको खबर अनुसार योलिवेल लोपेज नामकी महिलाले

आफ्नो लोग्ने नेफर नेतनमाथि यस्तो अत्याचार गरेकी हुन् । एक जना महिलाले फोन गरेर आफु नेफरको रखौटी भएको र आफुहरुबीचमा सेक्स पनि भएको भन्ने कुरा लोपेजलाई बताएपछि रिसले चूर बनेकी लोपेजले लोग्ने सुतेको मौका पारी उसको लिंगमाथि तातो पानी वर्षाइन् ।

साथीसँग रमाइलो भेटघाट तथा रमाइलो गर्नका लागि भन्दै अघिल्लो रात बाहिरै बसेका नेतन अर्को दिन बिहानै घर आए । रातभरी मस्तीमा बिताएका नेतन बिछौनामा पल्टिए र निदाए पनि । लोग्ने सुतेको मौका पारी लोपेज भान्सामा गइन् र एक भाँडा पानी तताइन् । पानी उम्लिएपछि उनले भाँडैसित लोग्ने

सुतेको ठाउँमा तातो पानी ल्याइन् । त्यसपछि उनले एकाएक लोग्नेको गुप्तांगमा भल्किएको पानी खन्याइदिइन् । तातो पानीले नराम्ररी पोलेपछि नेतन चिच्याउन थाले । त्यसपछि छिमेकीहरु जम्मा भएर उनलाई अस्पताल लगे । तातो पानीले पोलेर लिंग नराम्ररी क्षतविक्षत भएको बताइएको छ ।